‘बी’ डिभिजन लिगः बाँसबारीको गोल वर्षा
बीरगन्ज र आरसीटी तथा कुमारी र चर्चब्वाइजको बराबरी

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा बाँसबारी क्लबले गोलको वर्षा गरेको छ ।
बाँसबारीले मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकालेको हो । पहिलो हाफमा १–० ले अग्रता लिएको बाँसबारीले दोस्रो हाफमा लगातार पाँच गोल थप्यो । २३ औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै बाँसबारीका लागि सुरुआती अग्रता दिलाएका थिए ।
बाँसबारीका राजेश पौडेलले ५१औं, ६४औं र ७८औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । ६२औं मिनेटमा सञ्जयले नै ब्यक्तिगत दोस्रो गोल गर्दा ७१ औं मिनेटमा सुलेमान थापामगरले अर्को गोल गरेपछि बाँसबारी ६–० ले विजयी भयो ।
४ खेल खेलेको बाँसबारीले ४ अंक जोड्दा मध्यपुरको समान चार खेलबाट ३ अंक रहेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शनिवार नै भएको अर्को खेलमा बीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन् ।
३३ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै बीरगञ्जलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा बीरगञ्जले कृपाकान्त महतो थारुको गोलबाट पुन अग्रता बनाए पनि ८३ औं मिनेटमा अमरले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाउन सफल भए । यस बराबरीसँगै आरसिटीले ४ खेलमा ५ अंक जोडेको छ । बीरगञ्जले ४ खेलमा ५ अंक नै जोडेको छ ।
यस्तै, तीन खेलबाट तालिकामा शीर्षता कायम गरेको चर्चब्वाइजले शनिबार श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया