बिहीबार, माघ ८, २०८२

प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

मेरोन्यूज २०७८ फागुन २९ गते ७:५८

काठमाडौँ । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट उनको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

बस्नेत सात वर्षअघि भएको महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन् ।

यस्तै, महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया