बिहीबार, माघ ८, २०८२

विदेशी नागरिकले गरे सिमकोट बजार सरसफाइ

मेरोन्यूज २०७८ फागुन २९ गते ८:२१

काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिक खटिएका छन् । बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।

उनले भने, ‘यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो, यसैले सरसफाइमा जुटेको हुँ ।’ उनले तीनधारामा ढुंगा किनेर बिछ्याउने कार्यसमेत गरेका छन् ।

उनले तीन दिन लगाएर सरसफाइ गरेका हुन् । सफाइ गर्ने औजारसमेत उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।

सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर, बजार क्षेत्र दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।

प्रतिक्रिया