रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति: म्याक्स टेक्नाेलाेजी

किभ,
युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ । कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ ।
अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए ।

डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौं मानिसहरु..सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।
२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया