‘ए’ डिभिजनका चार क्लबको असन्तुष्टि

काठमाडौं । आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि गरिएको अक्सनप्रति कटाक्ष गर्दै चार वटा ‘ए’ डिभिजन क्लबहरुले असन्तुष्टी जनाएका छन् ।
न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले राजधानीमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियम विपरित काम गरेको आरोप लगाएका छन् ।
सहिद स्मारक ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको र रोक्न भनिएको अक्सन हुनलाई क्लबले आलोचना गरेका हुन् ।
क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि कुनै औपचारिक जानकारी विना खेलाडी अक्सन गर्नु नियम विपरित हुने उनीहरुको भनाइ छ ।
खेलाडीसँगको सम्झौता बाँकी रहेको अवस्थामा क्लबहरुलाई जानकारी नदिई खेलाडी बोलकबोल गर्नु आपत्तिक जनक भएको थ्री स्टार क्लबका महासविच सञ्जीब शिल्पकारले बताए ।
चार क्लबले आगामी मंगलबार बस्ने कार्यसमितिको बैठकमा छलफल गर्न माग राखेका छन् ।
यस्तै पत्रकार सम्मेलनमा सहभागी क्लबहरुले आफ्ना प्रतिनिधि एन्फा कार्यसमितिमा हुँदा पनि सम्बोधन गराउन नसके एन्फामा रहेको निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने बताए ।
यस्तै संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले क्लबको मागलाई सम्बोधन नगरि अगाडि बढी थप अन्य कार्यक्रमका साथ आउने बताए ।
साथै एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट र एन्फाबीच भएको सम्झौता अनुसार आयोजकले संचालन गर्ने कार्यक्रमलाई एएफसी र फिफाबाट मान्यता प्राप्त गर्नका लागि एन्फाले पहल गर्ने विषयमा उनीहरुले गम्भिर ध्यानाकर्षण भएको बताए ।
एनएसएलमा सहभागी क्लबहरुले प्रक्रिया नपु¥याएर नै एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउने तथा क्लब लाईसेन्सिङको प्रतिक्रियामा जान नसक्ने भन्दै सम्झौता संकास्पद रहेको आरोप लगाए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया