एन्टी डोपिङको कार्यक्रममा भाग लिन दुबई जाँदै मन्त्री गहतराज
मेरोन्यूज
२०७८ फागुन २९ गते २०:५९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन आज राती दुबई जाँदै छन् ।
नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आइतबार राती ११ः३० बजे दुबई जान लागेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री गहतराजसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेत दुबई जाँदैछन् ।
मार्च १४ देखि १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागीता रहने बताइएको छ । खेलकूदमन्त्री गहतराज आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया