सोमबार, जेठ ५, २०८२

एन्टी डोपिङको कार्यक्रममा भाग लिन दुबई जाँदै मन्त्री गहतराज

मेरोन्यूज २०७८ फागुन २९ गते २०:५९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन आज राती दुबई जाँदै छन् ।

नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आइतबार राती ११ः३० बजे दुबई जान लागेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री गहतराजसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेत दुबई जाँदैछन् ।

मार्च १४ देखि १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गईरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागीता रहने बताइएको छ । खेलकूदमन्त्री गहतराज आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया