सकियो कांग्रेसको ७७ जिल्लाको अधिवेशन, कुन जिल्लामा कुन समुह
४४ जिल्ला देउवा समुह, ३३ जिल्लामा कोइराला समुह

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तगर्तका ७७ जिल्लाका जिल्ला अधिवेशन सकिएको छ । केन्द्रीय अधिवेशन सकिएको करिब ३ महिनापछि रोकिएका १६ जिल्लाको अधिवेशन सकिएको हो ।
महाधिवेशनभन्दा अघि ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले महाधिवेशन सकिएको थियो । रोकिएका १६ जिल्लाका सबै नतिजा गएरातिसम्म आएसँगै कांग्रेसको ७७ जिल्लाकै जिल्ला अधिवेशन सकिएको हो । गत मंसिरमा भएको केन्द्रीय महाधिवेशनमा सभापति पदका लागि पाँच जना मैदानमा उत्रिएका थिए । भने शेरबहादुर देउवा , शेखर कोइराला ,प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ् प्रतिप्रर्धामा उत्रिएका थिए । तर पहिलो चरणमा कुनै पनि समुहले ५१ प्रतिशत नल्याएपछि मतदान दोस्रो चरणमा धकेलिएको थियो ।
दोस्रो चरणमा देउवालाइ अन्य तीनला नेता निधि, सिंह र गुरुङ्ले सहयाेग गरेका थिए । यी तीन नेताकाे सहयाेगमा देउवा पुन दोस्रो चरणको मतदानका लागि मैदानमा उत्रिएका थिए ।दोस्रो चरणको महाधिवेशनमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।
भने देउवा दोस्रो पटक पार्टी सभापति बनेका थिए । त्यस अघि र पछिका जिल्ला अधिवेशनमा अधिवेशन हुँदा देउवा र कोइराला पक्षबीच प्रतिस्पर्धा भएका थिए। गोरखा, मनाङ, मुस्ताङ,सिरहालगायत केही जिल्लामा भने सभापति पदमा सर्वसम्मत भएका थिए ।
सिटौला, निधिसहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेका छन् भने ३३ जिल्लामा पौडेलसहित शेखर कोइराला पक्षले जितेका छन्।
देउवा पक्षका जिल्ला सभापति
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
लमजुङ, सभापति टकराज गुरूङ
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खड्क बोहरा
रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
सुर्खेत, सभापति खड्ग पोखरेल
मुगु, सभापति ऐनबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
डोटी, सभापति नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
बागलुङ, सभापति जित शेरचन
पर्वत, सभापति युवराज जोशी
झापा, सभापति देउमान थेबे
इलाम, सभापति डम्बरबहादुर खड्का
धनकुटा, सभापति दिनेश राई
रूपन्देही, सभापति रामकृष्ण खाण
कास्की, सभापति किशोरदत्त बराल
काभ्रे, सभापति तीर्थ लामा
तनहुँ, सभापति जितप्रकाश आले
ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर, सभापति पदम बोगटी
उदयपुर, सभापति हिमाल कार्की
भक्तपुर, सभापति दुर्लभ थापा
बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
कैलाली, सभापति नारायणदत्त भट्ट
मकवानपुर, सभापति बुद्ध लामा
सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ
पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह
धनुषा, सभापति योगेन्द्र पजियार
रौतहट, सभापति सुनिलकुमार यादव
अछाम, सभापति पुष्पबहादुर शाह
बारा, सभापति राजेश राय यादव
सिरहा, सभापति रामचन्द्र यादव
काठमाडौं, सभापति सबजु बानियाँ
शेखर पक्षका जिल्ला सभापति
प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
रोल्पा, सभापति किशोर आचार्य
बैतडी, सभापति चतुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोर्खा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल
तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
पश्चिम नवलपरासी , सभापति अर्जुनकुमार पोखरेल
पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
स्याङ्जा, सभापति राजु थापा
खोटाङ, सभापति विष्णुकुमार राई
दार्चुला, सभापति ललितसिंह बोहरा
नुवाकोट, सभापति रमेश महत
दाङ, सभापति शंकरप्रसाद डाँगी
दैलेख, सभापति मणिराम रेग्मी
गुल्मी, सभापति खिलध्वज पन्थी
धादिङ, सभापति रामनाथ अधिकारी
कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
बाँके, सभापति नारायण गौडेल

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया