सोमबार, वैशाख २८, २०८३

रुस र युक्रेनबीचको युद्ध चलिरहेको समयमा चीन र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता हुँदै

मेरोन्यूज २०७८ फागुन ३० गते ११:४४

काठमाडौं । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र शीर्ष चिनियाँ कूटनीतिक अधिकारी याङ जिएचीबीच भेटवार्ता हुनेभएको छ । सोमबार इटालीमा भेटवार्ता हुने आइतबार अमेरिका र चीनले छुट्टाछुट्टै विज्ञप्ति जारी पुष्टि गरेका हुन्। रुस र युक्रेनबीचको युद्ध चलिरहेको समयमा विश्वका प्रमुख शक्तिराष्ट्रका शीर्ष अधिकारीबीच वार्ता हुन लागेको हो।

Advertisement
NiccNicc

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख याङ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानबीच रुसले युक्रेनमाथि गरेको आक्रमणले क्षेत्रीय तथा विश्वव्यापीरुपमा पारेको असरको विषयमा पनि छलफल हुनेछ।

चीनले भने शान्तिपूर्णरुपमा अहिलेको समस्या समाधान गर्नुपर्ने बताउँदै आएको छ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १९ दिन भइसकेको छ।

प्रतिक्रिया