ईसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । डिजिटल प्रविधिबाट वित्तीय सेवा प्रवाह गर्दै आएको इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
योसम्झौतासँगै, संसारका २ सय बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हजार बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ ।
यसका साथै, प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै ती सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिने भएको छ ।
प्रभु म्यानेजमेन्टको सञ्जालमार्फत आफ्ना ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको ईसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले बताए । २०६९ साल असोज १० देखि प्रभु मेनेजमेन्टले सेवा थालेको थियो ।

















तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया