द ब्रिटिस मोडल कलेजका चार विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ‘ए’ लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।
मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरु उत्कृष्ट भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।
विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व भएको ‘ए’ लेभल्सका प्रमुख राजन कुमार राईले बताए ।
चाुकपाटस्थित रहेको नयाँ क्याम्पस भवनमा विद्यार्थीहरुले अत्याधुनिक प्रविधिमार्फत गुणस्तीय शिक्षा ग्रहण गर्दै आइरहेका छन् । हालै कलेजले प्राप्त गरेको नतिजाले पनि यो कुराको पुष्टि गरेको राई बताउँछन् ।
कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संकायहरू, र विश्व–स्तरीय अध्यापन मोडल रहेको उनले बताए ।
बिएमसीका अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया