सोमबार, पुष १४, २०८२

फ्यान्टाले ‘कलरफूल हामी’ अभियान चलाउँदै

मेरोन्यूज २०७८ फागुन ३० गते २१:५१

काठमाडौँ । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गर्ने भएको छ । विगतका वर्षहरुमा भन्दा पनि बढी रमाइलो हुने गरी यो अभियान चलाउन लागेका कम्पनीले जनाएको छ ।
यो अभियानले मानिसहरुको रंगीनतालाई उजागर गर्नुका साथै आफ्नै रंग र चुलबुलेपनलाई सेलेब्रेट गर्न खोजेको बताइएको छ ।
होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” पनि गर्दैछ ।
काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी “नेपाल टुर कलर मानिया” मनाइँदैछ ।

प्रतिक्रिया