बेञ्जेमा र भिनिसिअसको गोलमा रियलको जित
मेरोन्यूज
२०७८ चैत १ गते ७:२९

काठमाडौँ । करिम बेञ्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ ।
पराजित मालोर्का २६ अंकसहित १६ औँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया