उपभोक्तामैत्री प्राविधिक विकास गर्दै भिभो

काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले आफ्नो वार्षिक विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स)मा प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको छ । प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्य सम्पादन, एप्लिकेसन, आइओटी र उद्योग अवसरमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूपरेखा प्रदर्शन गरेको छ ।
‘सन् २०२१ भिभोका लागि आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भयो, किनकी हामीले आफूलाई गुणस्तरीय उत्पादनको सृजनाकर्ताबाट प्रविधि र हाम्रो डिजाइन दर्शनद्वारा सशक्त परिवर्तनवादी उत्पादनका निर्मातामा रूपान्तरण गरेका छौँ,’ कम्पनीका वरिष्ठ उपाध्यक्ष शि युजियानले भने, ‘हामी आशा गर्छौं कि हाम्रा प्रयोगकर्ताले भिभोप्रतिको आफ्नो दृष्टिकोणलाई माया गर्नेमा रूपान्तरण गर्ने छन्, र हाम्रा सन्तुष्टित प्रयोगकर्तालाई हामी उत्पादन एम्बेसेडरमा परिणत हुने आशा गर्छौं, जसले हाम्रा उत्पादन आफ्ना साथी र परिवारलाई प्रयोग गर्न सल्लाह दिनेछन्, हाम्रा उत्पादनमार्फत हामी एक उच्च पहिचान योग्य र अद्वितीय ब्रान्ड निर्माण गर्दैछौँ ।’
कम्पनीले आगामी दिनमा कम्प्युटिङ प्रदर्शन, मेमोरी व्यवस्थापन, अद्वितीय एन्टेना आरएफ डिजाइन र आईओटी इकोसिस्टममा जोड दिने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले विभिन्न संस्था तथा कम्पनीसँग सहकार्य गर्ने भएको छ ।















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया