नेपाल र साउदीका प्रतिनिधिबीच भेट वार्ता सुरु
मेरोन्यूज
२०७८ चैत १ गते ११:२७

काठमाडौँ । नेपाल र साउदी अरबबीच द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बैठक सुरु भएको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गरेका छन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयाममा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री साउदसहित १८ जनाको टोली सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने छन् ।
सम्बन्धित
















बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया