नेपाल र साउदीका प्रतिनिधिबीच भेट वार्ता सुरु
मेरोन्यूज
२०७८ चैत १ गते ११:२७

काठमाडौँ । नेपाल र साउदी अरबबीच द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बैठक सुरु भएको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गरेका छन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयाममा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री साउदसहित १८ जनाको टोली सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने छन् ।
सम्बन्धित
















Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया