युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल अन्तिम आठमा

काठमाडौं । इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि- क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् ।
युभेन्ट्स घरेलु मैदान टुरिनमा भएको दोस्रो लेगममा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
बुधबार राति भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २(१ अन्तरले हरायो । पहिलो लेगमा २(० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४(१ को जित हात पार्यो ।
दोस्रो लेगको खेलमा चेल्सी १(० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो ।
लिलको लागी बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा चेल्सीका लागि क्रिश्टियन पुलिसिक र कप्तान सेसर एपिलिकुएटा गोल गरे ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया