इन्डो-नेपाल क्रिकेट : आज लुम्बिनी र उस्का भिड्ने

बुटवल । लुम्बिनीमा जारी इन्डो-नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन ४ को फाइनल खेल आइतबार हुने भएको छ । शनिबारका लागि तय भएको फाइनल प्रतियोगितामा भारतको टिम होलीका कारण आउन नसकेकाले शनिबार स्थागित गरी आइतबारका लागि सारिएको हो ।
२१ फागुनदेखि सुरु भएको प्रतियोगिताको अन्तिम खेलमा नेपाल र भारतको टिमबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा शनिबार होली पर्व मनाइने भएकाले खेलाडीहरू वर्षदिनको पर्व मनाउनबाट वञ्चित नहोउन् भनेर आयोजक लुम्बिनी नव युवा क्लबको बैठकले प्रतियोगिता आइतबार ११ बजेबाट सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।
खेलाडीहरूको अनुरोध र पर्वको सम्मान गर्दै सिजन ४ को अन्तिम खेलसहितको समापन समारोह पडारिया क्रिकेट ग्राउन्ड लुम्बिनीमा हुनेछ । सिजन ४ को उपाधिका लागि आयोजक लुम्बिनी नव युवा क्लब नेपाल र एमएफसी उस्का बजार भारत भिड्दै छन् । यस क्षेत्रको सार्वधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक हुने प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए ।
सेमिफाइनल खेलमा आयोजक लुम्बिनी नव युवा क्लबले ग्रान्ड कस्मोलाई र उस्काले सुपर स्टार विजयनगरलाई हराएपछि फाइनलको यात्रा निश्चित गरेको हो । तीन वर्षदेखि नियमित हुँदै आएको प्रतियोगितामा यो वर्ष नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलरलाईसमेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया