बुधबार, वैशाख ९, २०८३

नेपाल युएईसँग ४८ रनले पराजित

मेरोन्यूज २०७८ चैत ४ गते १७:४३

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजीत भएको छ। नेपाल युएईसँग ४९ रनले पराजीच भएको हो।

Advertisement
NiccNicc

नेपाल समक्ष युएईले १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले १० विकेट गुमाउँदै अल आउट भएको हो।

खेलमा नेपाल निर्धारित ५० ओभरसम्म टिक्न सकेन । नेपाल १ सय २० रन बनाउँदा ३५ ओभर १ बलमा अल आउट भयो।

नेपालका रोहित कुमार पौडेलले ४६ रनको इनिङ खेले। उनले ६० बलमा ४ चौका प्रहार गरे। उनी अर्धशतक बनाउन ४ रनले चुके । अन्य खेलाडी खासै जम्न सकेनन्।

प्रतिक्रिया