सोमबार, माघ ५, २०८२

ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली पक्राउ

मेरोन्यूज २०७८ चैत ४ गते २१:००

काठमाडौँ । बर्दियामा लागू औषध ब्राउन सुगरसहित दुई जना भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् ।

बिहीबार ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्ने क्रममा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौं महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

एसपी शाहीका अनुसार काठमाडौँका कारोबारीलाई भारतबाट बेच्न ल्याएको ब्राउन सुगरसहित पक्राउ परेका तीन जनालाई बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया