ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली पक्राउ

काठमाडौँ । बर्दियामा लागू औषध ब्राउन सुगरसहित दुई जना भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् ।
बिहीबार ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्ने क्रममा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौं महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
एसपी शाहीका अनुसार काठमाडौँका कारोबारीलाई भारतबाट बेच्न ल्याएको ब्राउन सुगरसहित पक्राउ परेका तीन जनालाई बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया