अफगानिस्तानको कान्दाहारमा बम विस्फोट, ४ बालबालिकाको मृत्यु
मेरोन्यूज
२०७८ चैत ५ गते १२:१४

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ ।
घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
ल्यान्डमाइन, एन्टि(पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् ।
शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।
सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया