ओलीले नारायणहिटी र पशुपतिको धर्मशाला बिचौलियालाई बुझाए : प्रेम आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।
ओलीकै घमण्डले बामपन्थीको दुई तिहाई नजिकको संघीय सरकार ढलेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्डलाई नेपाली जनताले जवाफ दिने बताए। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबी गरे।
नेकपा एकीकृत समाजवादीका नेता रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए। ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार गयो, प्रदेशको सरकार गयो, अझै त्यो व्यक्तिले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत पालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ, त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुवैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन,’ उनले भने, ‘तपाईहरू मूल्यांकन गर्नुहोस्, जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन।’
त्यस अवसरमा मन्त्री आलेले मर्यादित पत्रकारिता गर्न सञ्चार माध्यामलाई आग्रह गरे।
















Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया