भूमि आयोग बैतडीको अध्यक्षमा ऐर
मेरोन्यूज
२०७८ चैत ५ गते २१:२५

बैतडी । भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा धन बहादुर ऐर (कपिल) चयन भएका छन्। उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्ष चयन गरेको हो। उक्त आयोगमा दुई जना सदस्य रहने व्यवस्था छ।
आयोगले भूमि नभएका तथा सुकुम्बासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्ने छ। आफू नेतृत्वको आयोगले हरेक स्थानीय तहसँगको समन्वयमा काम गर्ने अध्यक्ष कपिलले बताए।
यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए। सरकार परिवर्तनसँगै अधिकांश राजनीतिक नियुक्तिहरू फेरबदल गर्ने सिलसिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो।
अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन्।
सम्बन्धित
















पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया