सोमबार, माघ ५, २०८२

२० हजार प्रहरीको बढुवा गर्न प्रहरी नियमावली संशोधन

मेरोन्यूज २०७८ चैत ७ गते १७:१६

काठमाडौँ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ। यससँगै तल्लो तहका २० हजारभन्दा बढी प्रहरीको बढुवा गर्न बाटो खुलेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो। तर, नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नु पर्ने थियो। अर्थात कम्तिमा थपिएका पदमा बढुवा गर्न मिलेन। त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्न लागिएको छ। नयाँ नियमावलीअनुसार तल्लो तहका २० हजारभन्दा बढी प्रहरी एकैपटक बढुवा हुने छन्।

प्रतिक्रिया