चुनावमा हारेका धामी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्दै

उत्तराखण्ड । भारतीय राज्य उत्तराखन्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधान सभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।
उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन् । भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् ।
‘पुस्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए ।
उनले बुधबार २३ मार्चमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरु इच्छुक रहेका छन् ।
७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो ।
कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया