नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना, नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या अब कति पुग्यो ?

काठमाडौं,
नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७४ पुगेको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धि संयुक्त विज्ञप्तिमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको लागि स्थायी प्रतिनिधी तथा राजदूत अमृत बहादुर राई र पलाउको तर्फबाट राष्ट्रसंघको लागि पलाउका स्थायी प्रतिनिधि तथा राजदूत इलाना भिक्टोरिया सेइदले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर स्थानीय समय अनुसार सोमबार अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा एक कार्यक्रमाको आयोजना गरी गरिएको थियो ।
दुवै देशले एक पत्र लेखि कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी समेत गराएको न्यूर्योकस्थित नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पलाउ गणतन्त्र फिलिपिन्सको दक्षिणपूर्वमा प्रशान्त महासागरमा अवस्थित एउटा देश हो । पलाउको क्षेत्रफल ४५९ वर्ग किलोमिटर र जनसंख्या २२ हजार रहेको छ । पलाउ सन् १९९४ अक्टोवर १ का दिन स्वतन्त्र राष्ट्र बनेको थियो ।
नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना गरेको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि हालसम्म २०६ वर्षको अवधिमा नेपालले १७४ देशसँग यस्तो सम्बन्ध जोडेको छ ।
















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया