नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना, नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या अब कति पुग्यो ?

काठमाडौं,
नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७४ पुगेको छ ।
कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धि संयुक्त विज्ञप्तिमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको लागि स्थायी प्रतिनिधी तथा राजदूत अमृत बहादुर राई र पलाउको तर्फबाट राष्ट्रसंघको लागि पलाउका स्थायी प्रतिनिधि तथा राजदूत इलाना भिक्टोरिया सेइदले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर स्थानीय समय अनुसार सोमबार अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा एक कार्यक्रमाको आयोजना गरी गरिएको थियो ।
दुवै देशले एक पत्र लेखि कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी समेत गराएको न्यूर्योकस्थित नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पलाउ गणतन्त्र फिलिपिन्सको दक्षिणपूर्वमा प्रशान्त महासागरमा अवस्थित एउटा देश हो । पलाउको क्षेत्रफल ४५९ वर्ग किलोमिटर र जनसंख्या २२ हजार रहेको छ । पलाउ सन् १९९४ अक्टोवर १ का दिन स्वतन्त्र राष्ट्र बनेको थियो ।
नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना गरेको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि हालसम्म २०६ वर्षको अवधिमा नेपालले १७४ देशसँग यस्तो सम्बन्ध जोडेको छ ।










दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया