सोमबार, चैत ३०, २०८२

गैर आवासीय नेपाली संघमा सहमति,चैत १० र ११ मा एकता महाधिवेशन

मेरोन्यूज २०७८ चैत ८ गते १२:०१

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । गैर आवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ ।
अध्यक्ष पदका तीन उम्मेदवार रबिना थापा,कुल आचार्य र बद्री केसीबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनै जना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए ।

संघका अध्यक्ष कुमार पन्तले अध्यक्ष तीन जना बन्ने सहमति भएको बताए । उनले संस्थाको हितका लागि सबैले आ आफ्नो कमजोरी स्वीकार गरेको बताए । असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने उनले जानकारी दिए ।
त्यसैगरी, अध्यक्षकी उम्मेदवार रबिना थापाले संस्था जोगाउन अहिलेको मुख्य आवश्यकता रहेको बताइन् ।
यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।
अध्यक्षका उम्मेदवार एवम् संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए ।

सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिने छन् ।

प्रतिक्रिया