सोमबार, चैत ३०, २०८२

रुसले मानवरहित हवाई सवारी साधनहरूको उपस्थिति बृद्धि गरि भारि बमवर्षा

मेरोन्यूज २०७८ चैत ८ गते १३:१५

Advertisement
nepal life insurencenepal life insurence

किभ

रुसीे सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त  शत्रुले भारि बमवर्षा , आक्रमण , क्रुज  मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भने । 

युक्रेनले सोमबार एउटा रुसी विमान, दुई ओटा हेलिकोप्टर र ६ ओटा ड्रोन ध्वस्त पारेको दाबी समेत गरेकाे छ । युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन् । 

प्रतिक्रिया