रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छः बाइडेन

न्युयोर्क,
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् ।
यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको छ ।
रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाई आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले नेटोमा किभको सदस्यता बन्ने योजना त्याग्न तयार रहेको बताएका छन् ।
उता, राजधानी किभमा बुधबार बिहानसम्मका लागि पुनः कर्फ्यू घोषणा गरिएको छ । राजधानीमा रुसी सेनाले अझै बढी गोलाबारी गर्न सक्ने मेयरले चेतावनी दिएपछि कर्फ्यू घोषणा गरिएको हो ।
बाइडेनका पछिल्ला टिप्पणीहरुलाई लिएर रुसले अमेरिकी दूतलाई बोलाएको छ ।
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया