बुधबार, वैशाख ९, २०८३

पीएनजीविरुद्ध नेपालको शानदार जित

मेरोन्यूज २०७८ चैत ८ गते १७:४४

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग २ मा नेपालले पापुवा न्युगिनी (पीएनजी)लाई सात विकेटले पराजित गरेको छ। पीएनजीले दिएको १७४ रन पछ्याएको नेपालले तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।

Advertisement
NiccNicc

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा तीन विकेट गुमाउँदै पीएनजीलाई पराजित गरेको हो।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धसतकीय पारी खेले। शेखले १०२ बलमा अविजित ५९ रन बनाए। भुर्तेलले ६४ बलमा ५० रन जोडेका थिए। यस्तै रोहित पौडेलले अविजित ४४ रनको योगदान दिए। आसिफ शेख २ रनमा आउट हुँदा दिनेन्द्र ऐरी शून्य रनमा फर्किएका थिए ।

यसअघि भएको खेलमा पनि नेपालले पीएनजीलाई हराएको थियो।

प्रतिक्रिया