इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको अल्टिमेटम

मुगु । जिल्लाको इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालयले अल्टिमेटम दिएको छ ।
यही आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ मुगु जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
मंगलबार प्रशासनले एक सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको प्रजिअ महतको भनाई छ । यदि, बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्तिलाई नै बुझाउने उनको भनाई छ ।
निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया