इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको अल्टिमेटम

मुगु । जिल्लाको इजाजत प्राप्त हात हतियार १५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालयले अल्टिमेटम दिएको छ ।
यही आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ मुगु जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
मंगलबार प्रशासनले एक सूचना जारी गर्दै १५ दिनभित्र आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको प्रजिअ महतको भनाई छ । यदि, बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्तिलाई नै बुझाउने उनको भनाई छ ।
निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ ।
















पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया