आइतबार, माघ ४, २०८२

श्रीमतीले कुट्दा श्रीमानको मृत्यु

मेरोन्यूज २०७८ चैत ८ गते २०:४६

काठमाडौँ । मकवानपुरको हेटौँडामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ३ जम्बोमा मंगलबार ४३ वर्षीय मित्र लाल सुनारको श्रीमतीको कुटाईबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक सुनारलाई उनकै श्रीमती ४१ वर्षीय अनिता विकले कुटेकी थिइन् । घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई धकेल्दा लडेर घाइते भएका थिए ।

उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया