यु-१८ महिला साफ: सान्त्वना जितको खोजिमा नेपाल
मेरोन्यूज
२०७८ चैत ९ गते ८:३३

काठमाडौं । यु-१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ ।
यसअघि भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ ।
तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।
डबल राउन्ड रोविन लिग पद्दतीमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।
यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७(० ले, दोस्रो खेलमा बंगलादेशसँग ४(२ ले र तेस्रो खेलमा भारतसँग ५(१ ले पराजित भएको थियो ।
सम्बन्धित
















गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया