अबको निर्वाचन माओवादीका लागि ब्याटल हो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरूको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।
उनले पार्टीका नेता कार्यकर्ताहरूले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनको घटनाले देखाएको बताए । संसद विघटनको घटना संविधान विघटन र परिवर्तनकामी शक्तिमाथिको आक्रमण भएको उनको भनाई थियो ।
आफूहरूले परिवर्तनको रक्षाका लागि अपिल गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरूलाई जोगाउन जित्नै पर्ने बताए । अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नु पर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।
पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल कमरेडहरूलाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्य विभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए ।
बैठकमा अनुशासन आयोगका सचिव अशोक रोकाया, लेखा परीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया