‘कार अफ द इयर २०२२’का शीर्ष फाइनलिस्ट छनोट

काठमाडौँ । वर्ल्ड कार अवार्डका आयोजकले तीन फाइनलिस्टमध्ये एउटालाई विश्व प्रसिद्ध ुवर्ल्ड कार अफ द इयर २०२२ुको उपाधि दिने भएको छ । यो अवार्डमा यसपटक तीन ओटा फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन् ।
सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई लानिक्यु पाइभ र किया ईभी सिक्स परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्ने छन् । उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिने छ ।
इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू ईभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ । कार अफ द इयरको तीनओटै फाइनलिस्ट रहे पनि हुण्डाईको आओनिक्यु पाइभबाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् ।
विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो । यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुले अन्य कार निर्माताहरू पनि नयाँ ईभी बनाउन प्रेरित हुने विश्वास लिएको छ ।

















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया