माइली चढेको विमानको आकस्मिक अवतरण

काठमाडौं । हलिउड गायिका माइली साइरस चढेको विमान खराब मौसमका कारण आकस्मिक अवतरण गरेको छ । माइती एक फेस्टिभलमा सहभागी हुन पराग्वे जाँदै थिइन् ।
पराग्वे जाँदै गर्दा बीचमा एक्कासी मौसम परिवर्तनसँगै चट्याङ पर्न थालेपछि तत्काललाई फेस्टिभलमा सहभागी हुने योजनालाई रोकेर विमानलाई आकस्मिक अवतरण गराइएको थियो । माइलीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएकी छन् ।
‘मेरा प्रशंसक र सबैका लागि जो मेरो उडानको चिन्तामा हुनुहुन्थ्यो । हामी चढेको विमान एक अप्रत्याशित तुफानमा फँस्यो र चट्याङको चपेटामा पर्यो । जसकारण विमानले आकस्मिक अवतरण गर्नु परेको थियो’, उनले लेखेकी छन् ।
उनले आफूसँग यात्रामा रहेका टिम, व्याण्ड, साथी र परिवार सबै सुरक्षित रहेको जानकारी दिएकी छन् । उनले यो पोस्टसँगै उनले पराग्वे आउन असमर्थ रहेको उल्लेख गरेकी छन् ।
पराग्वेको यो फेस्टिभल त्यहाँको सबैभन्दा ठूलो रक फेस्टिभलमध्ये एक हो । माइली फेस्टिभलमा आउने कुराले सबै उत्साहित थिए । तर मौसम खराबीका कारण उनी उपस्थित हुने अवस्था नभएपछि फेस्टिभल नै रद्ध गरिएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया