आइतबार, माघ ११, २०८२

कलंकीमा कार दुर्घटना हुँदा ६ जना घाइते

मेरोन्यूज २०७८ चैत १० गते १५:५५

काठमाडौँ । कलंकीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा घाइते भएकाहरूको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया