समाजको भावनाका आधारमा देह व्यापारको सिन हटाएँ : गायक सपुत

काठमाडौँ । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर हटाएको बताएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले गीतबाट देह व्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन् ।
उनले उक्त सिनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरूलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको बताए । उनले जनयुद्ध लडेर समाज विकास नभएकाले निराश बनेका योद्धाहरू उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केही दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताएका हुन् । उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन श्रोता एवं दर्शकलाई आग्रह गरे ।
‘त्यहाँ छोडिएका प्रश्न डिलिट गरेको भए, यदि त्यहाँनेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिन अनुरोध गर्दछु,’ उनले भने, ‘मसँग त्यसका लागि थुप्रै तर्कहरू छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर हामी यतिबेला नेपाली समाजमा छौँ ।’
त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेज आएको बताइन् । उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा रहेको बताएकी थिइन् ।
भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावका कारण देह व्यापारमा संलग्न भएको चित्रण गरिएको थियो । त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताले आपत्ति जनाएका थिए ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया