फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौँ । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा आजदेखि बिक्री शुरु गर्ने भएको छ । ‘नेपालका बाटोहरूलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गर्दै छौँ,’ आयाम इन्टरकन्टिनेन्टल प्रा. लि.का अध्यक्ष ध्रुव थापा भने ।
आयाम फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हो । ‘ग्राउण्ड अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जीवागनलाई प्रतिविम्बित गर्छ ।
लामो र चौडा बनावट भएको गर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट स्पेसको व्यवस्था छ ।
मर्सिडिज निर्मित २६०० सीसी इञ्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक उत्कृष्ट गाडी हो । त्यस्तै, यसमा रहेको एअर इन्टेक नोर्कल र चारैवटा पांग्रामा भएको लक अन्यभन्दा विशेष प्रकारको रहेको छ ।
अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरुभन्दा उकृष्ट भएको जनाएका थिए । पाँचवटा विभिन्न आकर्षक रंगहरूमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमी वा ३ वर्ष रहेको छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया