नेपाल पीएनजीसँग ६ रनले पराजित
मेरोन्यूज
२०७८ चैत ११ गते १७:२५

काठमाडौँ । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पराजित भएको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पराजित भएको हो ।
नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन मात्रै बनाएको हो ।
रोहितले १०७ बल खेल्दै ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाएका थिए । उनले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतक बनाए । १०३ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
सम्बन्धित
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया