नेपाललाई विश्व बैंकबाट १८ अर्ब १५ करोड ऋण स्वीकृत
काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋण स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय आज गरेको हो ।
व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको बताउँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय क्षेत्रलाई बलियो बनाएर, यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी पुनरुत्थान र आर्थिक वृद्धिको मार्गमा योगदान पुर्याने तथा विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुरे ।
नेपाल सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन, कोभिड १९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गन, निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिमा टेवा पुर्याउन, बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिन तथा वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने प्रयासमा ऋण सहयोग उपयोगी हुने बैंकले जनाएको छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया