‘सामाजिक न्याय हुन नसक्दा आर्थिक विकास कमजोर’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् ।
राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्य दिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक विकास हुन नसकेको बताएका हुन् ।
उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्नेबारेमा सबै राजनीतिक दलमा आधारभूत एक रुपता हुनु पर्ने बताए । उनले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको बताएका थिए ।
‘आज गणतन्त्रपछि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ, त्यो प्रणालीअनुरुप के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ,’ उनले भने, ‘कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ?, भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभूत एकरुपता चाहिन्छ, सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’
मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापमा वृद्धि भइरहेको बताउँदै पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया