इजाजत प्राप्त हातहतियार बुझाउन खोटाङ प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ चैत ११ गते २१:४१
खोटाङ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।
निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया