आइतबार, माघ ११, २०८२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७८ चैत ११ गते २१:५३

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापा छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले गत फागुन २० गते उनलाई १ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका ४ बाट उनलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले उनलाई २०७७ मंसिर २२ गते सोही मुद्दामा १ करोड २५ लाख रुपैयाँ विगोवापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने ब्याज समेतको विगो दाखिला गर्ने फैसला सुनाएको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया