चीनयाँ विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्ने

पोखरा । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाबी आज हस्तान्तरण हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलको काम ९३ प्रतिशत मात्रै पूरा भएको छ ।
अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै चाबी हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ ।
विदेशमन्त्री यीले काठमाडौंमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए ।
‘सिम्बोलिक रुपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होईन, काम निरन्तर चल्छ,’ उनले भने, ‘सिभिल तर्फका काम करिब पूरा भैसकेको छ । चाबी हस्तान्तरणपछि काम रोकिने भन्ने होईन ।’ चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो ।
यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो । विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्ययन मन्त्री प्रेम आले पोखरा एयरपोर्ट आउने छन् ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया