माओवादीबाट घोडाघोडी १ को वडाध्यक्षमा न्युरेले पाए टिकट
मेरोन्यूज
२०७८ चैत १२ गते १८:२८

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १ को वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रले लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको छ ।
शनिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति र घोडाघोडी नगर कमिटीको पूर्ण वैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घोडाघोडी–१ मा लक्ष्मण न्युरेलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका वडा सचिव गोपाल रेग्मीले बताए ।
अन्य उम्मेदवारको भने टुंगो नलागेको उनको भनाइ छ । लक्ष्मण न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षसमेत हुन् ।
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया