मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
मेरोन्यूज
२०८२ माघ ११ गते १४:२६

जनकपुरधाम । मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म ३०० भन्दाबढीले मतदान गरेका छन्।
राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन् ।
राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् ।
आज बिहान ९ः०० बजे सुरु भएको मतदानको समय अपराह्न ३ः०० बजे सम्पन्न हुनेछ ।
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया