सेयर बजारमा उच्च अंककाे वृद्धि
मेरोन्यूज
२०८२ माघ ११ गते १५:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।
आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित
















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
सेयर बजारमा उच्च अंककाे वृद्धि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया