आइतबार, माघ ११, २०८२

बलात्कारको अभियोगमा धादिङ ज्वालामुखीका युवक पक्राउ

मेरोन्यूज २०७८ चैत १३ गते १४:४६

काठमाडौँ । भक्तपुर नगरपालिका ६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोला घर भएका २२ वर्षीय राज परियार रहेका छन् ।

करिब १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए । उनका अनुसार किशोरी र राजु गाउँबाट काठमाडौँमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।

प्रतिक्रिया