महालक्ष्मी बैंकका ग्राहकलाई अरिकल इभेन्टस्मा छुट
मेरोन्यूज
२०७८ चैत १३ गते १७:३३

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अरिकल इभेन्टस् प्रा.लि.बीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस्मा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले आर्कषक छुट पाउने भएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट विभिन्न जनचेतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस बैंकले देशभर कूल १०३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन विभिन्न सेवा प्रदान गरेको छ ।
सम्बन्धित

















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया