हाइड्रो एक्स्पोको मिति एक दिन पडाडि धकेलियो

काठमाडौँ । तेस्रो संस्करणको हिमालयन हाइड्ररो एक्स्पो २०२२ चैत १९ देखि २१ गतेसम्म आयोजना हुने भएको छ । यसअघि नै आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण एक दिन पछाडि सारिएको आयोजकले जनाएको छ ।
घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो । स्वतन्त्र उर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लि.को संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो ।
एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक विजय सागर प्रधानले पूर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको बताए । एक्स्पोमा सहभागी हुने सबै पक्षहरूलाई चैत १९ का लागि तयारी तथा व्यवस्थापन गर्न पनि प्रधानले आग्रह गरेका छन् । साथै प्रधानले एक्स्पोमा सहभागी हुने प्रदर्शकहरू आउने क्रम जारी रहेको भन्दै सहभागी हुन चाहनेलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ ।
भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जा सम्बद्ध व्यक्ति तथा संस्थाबीचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ । हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रोसम्बन्धी सरोकार राख्नेहरूलाई एकै छाना मुनी भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।
यसपटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता कामसमेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा समावेश गरिने छ ।
विद्युतीय सवारी साधनको र्याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सो को माध्यमबाट जलविद्युतको आन्तरिक बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एक्स्पो अवलोकनका लागि आएका अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था व्यवस्था गरिएको छ ।
एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।
जलविद्युत लगानीकर्ता, उत्पादक, इञ्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ । ३ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया