अवैध ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
मेरोन्यूज
२०७८ चैत १३ गते १८:१२

काठमाडौँ । महोत्तरीको औरही नगरपालिका १ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो ।
महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले रकमसहित औरही २ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी पक्राउ परेको बताए ।
यादवले भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाएको रकम भेटिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जलेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया